प्रहरी महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले २० कात्तिकमा दायर गरेको रिटमाथि यसअघि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकिएको थियो । तर छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन । अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि सुनुवाइको मिति तोकेको हो ।