राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुकी ५ बजे खेल सुरु हुनेछ । लिग चरणमा लुम्बिनी शीर्ष स्थानमा र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्दै फाइनल पुग्ने अर्को मौका पाउनेछ ।
भोलि हुने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।