मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानी गढीमा आज बिहीबार बिहान हाइस गाडी भिरबाट खस्दा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतकमध्ये तीन महिला, पाँच पुरुष र दुई बालिका छन् । यस्तै घाइतेमा दुई बालक र तीन पुरुष छन् ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस भीमफेदीमा बिहान ५ः४५ बजे सडकबाट करिब ५०० मिटर तल खसेको हो ।