काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १ हजार ३०० रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रूपैयँँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ८५५ रूपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ८१० रूपैयाँ कायम भएको थियो ।