काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ४ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको छ । शनिबारको संसदीइ सुनुवाई समितिको बैठकले प्रस्तावित ४ जना न्यायाधीशलाई नै अनुमोदन गरेको हो ।
न्याय परिषद्ले सर्वोच्चको न्यायाधीश सिफारिस गरेका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ ।
उनीहरूमाथि एक दर्जनभन्दा बढी उजुरी परेका थिए । ती उजुरी उपर उनीहरूमाथि सांसदहरुले प्रश्नसमेत गरेका थिए । अन्तत्ः समितिले चारै जनालाई अनुमोदन गरेको छ ।