काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार ३०० रूपैयाँ र चाँदी १७५ रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला छापावाल सुनको मोल २ लाख ७२ हजार रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ३ हजार ६५० रूपैयाँ निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रूपैयाँ र चाँदी ३ हजार ८२५ रूपैयाँमा कारोबार भएको थियो ।