काठमाडौं । तिहार नजिकिँदै गर्दा गायिका अमृता लुंगेली मगरले ‘झिलीमिली देउसी भैलो’ नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा अमृतासँगै राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा र राधिका हमालले स्वर दिएका छन् । गीतको शब्द, संगीत र संयोजन सरोज बिरही कार्कीले नै गरेका हुन् ।
म्युजिक भिडियोको निर्देशन खगेन्द्र गिरीले गरेका छन् भने छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माको छ । भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटी देखिएका छन् । गीत अमृताकै आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ ।