लामो समयदेखि कर, शुल्क, दस्तुर, जरिवाना नगरेका कम्पनीहरुलाई तिर्ने म्याद तीन महिना (आउँदो) पुससम्म थपिएको छ । अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार म्याद आउँदो पुससम्म थप गरिएको हो । यसअघि यस्तो म्याद असोजसम्म थियो ।
अब त्यस्ता कम्पनीले पुस २०८३ सम्म कर, शुल्क, जरिवानालगायत रकम भुक्तानी गरे सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ ।
‘कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ,’ अर्थ मन्त्रालयको सूचनामा भनिएको छ, ‘२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।’