काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एउटा मात्र प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् ।
यसअघिका दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको पोखरा यसपटक जित निकाल्दै सुखद नतिजा हात पार्ने दाउमा छ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिने पोखराले विगतमा प्लेअफसम्म पुग्न नसकेको इतिहासलाई यसपटक बदल्ने लक्ष्य लिएको छ ।
यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स भने जारी प्रतियोगिताको पहिलो खेलमै व्यहोरेको हारलाई बिर्सेर पुनरागमन गर्ने योजनामा छ । लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक ट्रफी उचाल्ने अभियानमा छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोली प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आगामी मङ्सिर ५ गते हुनेछ ।
एनपिएलको खेल तालिका
प्रतियोगिताका सबै खेल कीर्तिपुरमा हुनेछन् । क्यानले डिआरएस समावेश गरेपछि परिमार्जन गरेको समयअनुसार १ खेल हुने दिन बेलुका ५ बजे तथा २ खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल बेलुका ५ बजे सुरु हुनेछ ।
लिग चरण
मिति –– खेल –– समय
कात्तिक १०, सोमबार–– लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्स –– बेलुका ५ बजे
कात्तिक ११, मंगलबार –– विराटनगर किङ्सविरुद्ध चितवन राइनोज –– दिउँसो १२ः३० बजे
कात्तिक ११, मंगलबार –– कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्स –– बेलुका ५ बजे
कात्तिक १२, बुधबार –– पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स –– बेलुका ५ बजे
कात्तिक १३, बिहीबार –– जनकपुर बोल्ट्सविरुद्ध काठमाडौँ गोर्खाज –– दिउँसो १२ः३० बजे
कात्तिक १३, बिहीबार –– कर्णाली याक्सविरुद्ध विराटनगर किङ्स –– बेलुका ५ बजे
कात्तिक १५, शनिबार –– लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोज –– दिउँसो १२ः३० बजे
कात्तिक १५, शनिबार –– सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्स –– बेलुका ५ बजे
कात्तिक १६, आइतबार –– जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्स –– बेलुका ५ बजे
कात्तिक १७, सोमबार –– काठमाडौँ गोर्खाजविरुद्ध कर्णाली याक्स –– दिउँसो १२ः३० बजे
कात्तिक १७, सोमबार –– सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोज –– बेलुका ५ बजे
कात्तिक १८, मंगलबार –– विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स –– दिउँसो १२ः३० बजे
कात्तिक १८, मंगलबार –– लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्स –– बेलुका ५ बजे
कात्तिक २०, बिहीबार –– लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्ट्स –– दिउँसो १२ः३० बजे
कात्तिक २०, बिहीबार –– काठमाडौँ गोर्खाजविरुद्ध विराटनगर किङ्स –– बेलुका ५ बजे
कात्तिक २१, शुक्रबार –– सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स –– दिउँसो १२ः३० बजे
कात्तिक २१, शुक्रबार –– चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स –– बेलुका ५ बजे
कात्तिक २२, शनिबार –– काठमाडौँ गोर्खाजविरुद्ध लुम्बिनी लायन्स –– बेलुका ५ बजे
कात्तिक २४, सोमबार –– पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्स –– दिउँसो १२ः३० बजे
कात्तिक २४, सोमबार –– चितवन राइनोजविरुद्ध काठमाडौँ गोर्खाज –– बेलुका ५ बजे
कात्तिक २५, मंगलबार –– सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्स –– बेलुका ५ बजे
कात्तिक २७, बिहीबार –– विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे
कात्तिक २७, बिहीबार –– कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स –– बेलुका ५ बजे
कात्तिक २८, शुक्रबार –– काठमाडौँ गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स –– दिउँसो १२ः३० बजे
कात्तिक २८, शुक्रबार –– जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज –– बेलुका ५ बजे
कात्तिक २९, शनिबार –– विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स –– बेलुका ५ बजे
मंसिर १, आइतबार –– चितवन राइनोजविरुद्ध कर्णाली याक्स –– दिउँसो १२ः३० बजे
मंसिर १, आइतबार –– पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गोर्खाज –– बेलुका ५ बजे
प्लेअफ र फाइनल
मिति –– खेल –– समय
मंसिर २, मंगलबार नोभेम्बर १७, –– क्वालिफायर–१ : पहिलो र दोस्रो स्थानका टोली –– बेलुका ५ बजे
मंसिर ३, बुधबार नोभेम्बर १८,–– एलिमिनेटर : तेस्रो र चौथो स्थानका टोली –– बेलुका ५ बजे
मंसिर ४, बिहीबार नोभेम्बर १९ –– क्वालिफायर–२ –– बेलुका ५ बजे
मंसिर ५, शनिबार नोभेम्बर २१ –– फाइनल –– बेलुका ५ बजे