काठमाडौँ । बुुढानीलकण्ठ नगरपालिकामा विभिन्न सामुुदायिक भवनहरु सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रमा तीव्रगतिमा सहरीकरण बढ्दै जाँदा विभिन्न प्रयोजनका लागि सामुदायिक भवनको अत्यावश्यक पर्न थालेपछि नगरपालिकाले सामुुदायिक भवन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
यसै सन्दर्भमा गत असोज २५ गते नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले नगरपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका भवनहरूको सामूहिक रुपमा उद्घाटन गर्नुुभएको छ । उद्घाटन भइ सञ्चालनमा रहेका भवनहरुमा बुढानीलकण्ठ नगरपालिका–२ स्थित महादेव कोलोनीको योग भवन, वडा नं. २ को कृषि बजार भवन, नगरपालिका कार्यालय परिसरको जिन्सी शाखा भवन तथा वडा नं. ३ का कोसेली भवन र वडा कार्यालय भवन रहेका छन् ।
नगरपालिकाका प्रमुख मिठ्ठाराम अधिकारीका अनुसार नवनिर्मित भवनहरूले योग अभ्यास, कृषि बजार व्यवस्थापन, प्रशासनिक कार्य सञ्चालन तथा स्थानीयस्तरमा सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको गरिएको छ । भवन उद्घाटनसँगै नगरपालिकाको समग्र विकास, सार्वजनिक खर्चको प्रभावकारिता र सुशासनप्रतिको प्रतिबद्धताबारे पनि प्रश्न उठ्न थालेका छन् । निर्वाचनपछि करिब साढे चार वर्ष बितिसक्दा नगरपालिकाले विभिन्न कार्यक्रम तथा योजनाहरू सञ्चालन भइरहेका छन् । नर्वाचनका क्रममा तथा त्यसपछि सुशासन र गुड गभर्नेन्स का विषयलाई प्राथमिकताका साथ उठाइए पनि नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने व्यवस्था र प्रशासनिक सुधार अपेक्षाअनुसार अघि बढीरहेको छ ।
उनका अनुसार नागरिकले सहज, पारदर्शी र प्रभावकारी सार्वजनिक सेवा पाउनुपर्ने विषय नग प्राथमिकतारपालिकाको प्राथमितामा राखिएको छ । नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका प्रतिबद्धताहरू व्यवहारमा कति कार्यान्वयन भइरुहेका छन् । हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र बजेट विनियोजन गर्ने अभ्यास हुँदै आएको छ । सडक, खानेपानी, ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक सेवा र स्थानीय पूर्वाधारका क्षेत्रमा नागरिकल सुधार अनुभव गरिरहेका छन् । भवन निर्माण र उद्घाटन विकासको एउटा पक्ष अवश्य हो । सार्वजनिक भवनको सफलता त्यसको उद्घाटन समारोहबाट होइन, नियमित उपयोग, प्रभावकारी सञ्चालन र नागरिकले प्राप्त गर्ने सेवाबाट मापन हुनुपर्ने आम नागरिकको सुुझाव छ ।