भक्तपुर । नागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित सूूर्यविनायक नगरपालिकामा डिजिटलमैत्री नगरपालिकाको रुपमा स्थापितब हूँदै गएको छ ।
जनताको अपेक्षा, आवश्यकता र विकासका आकांक्षालाई नीतिगत निर्णयमार्फत व्यवहारमा उतार्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै काँधमा रहन्छ । उक्त जिम्मेवारीलाई आत्मसात् गर्दै सूूर्यविनायक नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई डिजिटलमैत्री बनाएको छ । २०७४ २०७९ मा सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखको रुपमा बासुुदेव थापा निर्वाचित भएसँगै नगरपालिकाको कामको क्रमिक रुपमा डिजिटल मैत्री बन्दै गएको हो ।
उहाँको योजना र भिजनलाई आत्मसाथ गर्दै कार्यान्वयन गर्ने सफल प्रशासकको रुपमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको नेतृत्वमा नगरपालिकाको प्रशासन अगाडि बढेसँगै नगरपालिका थप डिजिटलमैत्री शासनको रुपमा स्थापित हुन सहज भएको हो । त्यस्तै हरेक कार्यपालिकाको बैठक विवादरहित रुपमा सञ्चालन गराउन सफल हुुनु प्रमुखको थापाको योजना अहिले आचार्यको नेतृत्वको प्रशासनिक टिमले धमाधम कार्यान्वयन गरिरहेको छ ।
जनप्रतिनिधिको करिब एक दशकको अवधिमा सूर्यविनायक नगरपालिकाले स्थानीय शासनमा उदाहरणीय अभ्यास स्थापित गर्न सफल भएको छ । नगर प्रमुख थापाका अनुसार प्रारम्भिक चरणदेखि नै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आएको नगरपालिकाले सहमतिमूलक निर्णय प्रक्रियालाई आफ्नो पहिचानका रूपमा विकास गरेको छ ।
निरन्तर सर्वसम्मत निर्णयको संस्कारलाई संस्थागत गर्दै आएको सूर्यविनायक नगर कार्यपालिका र सभाले पुन एकपटक सकारात्मक सन्देश दिएको छ ।
नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा जनप्रतिनिधिहरूबीच राजनीतिक मतभेदलाई विकासको बाधा बन्न नदिई साझा लक्ष्यका लागि एकजुट हुने संस्कार विकसित भएको देखिन्छ ।
उहाँले भन्नुुभयो, “राजनीतिमा प्रतिस्पर्धा र बिकास निर्माणमा ऐक्यबद्धता अनिवार्य हुन्छ” भन्ने मूल मन्त्रकै साथ सूर्यविनायकमा सहमतिको अभ्यास मजबुत बनेको हो । आफ्नो कार्यकालभरी नगरपालिकालाई विवाद रहित रुपमा सञ्चालन गर्नेछुु ।”
पछिल्ला वर्षहरूमा सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, डिजिटल सेवा प्रवाह तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको समन्वयले विकास योजनाहरू समयमै कार्यान्वयन हुन सकिरुहेको छ । त्यस्तै सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता समेत वृद्धि भएको छ । जनप्रतिनिधिहरूबीचको एकता, आपसी सम्मान र साझा प्रतिबद्धताकै कारण विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढ्न सकेको नगरपालिकाको भनाइ छ । यसले राजनीतिक स्थायित्वसँगै प्रशासनिक क्षमता अभिवृद्धि र जनविश्वास सुदृढ गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर“ घोषणा गरेको छ । यसलाई नगरपालिकाले महत्वपूर्ण उपलब्धि भनेको छ ।
सबै वडाहरूमा जन्म दर्ताको सुनिश्चितता, विद्यालय उमेरका बालबालिकाको शतप्रतिशत भर्ना, बालमैत्री पूर्वाधारको व्यवस्था, र स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराई तल्लो तहदेखि नै सहभागितामूलक सुशासनको अभ्यास गरिएको छ । सूर्यविनायक नगरपालिका वित्तीय सुशासन र बजेट व्यवस्थापनमा अब्बल सावित हुँदै वित्तीय अनुशासन कायम गरेको छ । नगरपालिकाले सार्वजनिक खरिद योजना, त्रैमासिक रूपमा “स्वतः प्रकाशन“ प्रतिवेदन, र वार्षिक बजेट किताबहरू सार्वजनिक गरेर सूचनाको हक र पारदर्शिताको पूर्ण पालना गरेको छ ।