काठमाडौँ । गायक तथा संगीतकार रवि कार्की र चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ आधुनिक गीत 'बोली बचन' सार्वजनिक भएको छ । 'रवि कार्की अफिसियल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा प्रवीण खत्री 'ठूले' का शब्द रचना रहेका छन् भने संगीत स्वयं रवि कार्कीको रहेको छ । गीतको संगीत संयोजन (एरेन्ज) विश्वास नेपालले गरेका हुन् ।
अफ्रानो मन एचडी स्टुडियो (नक्साल) मा रेकर्डिङ गरिएको यस गीतको रेकर्डिङ राजेश नेपालले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारको रहेको छ ।
गीतको आकर्षक भिडियोमा सुजन सिंह खड्का र रवि कार्कीको अभिनय देख्न सकिन्छ । एकेन्द्र साराशंकरको निर्देशनमा तयार पारिएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोको सम्पादन सुजन कोइराला र मेकअप सञ्चिता ढकालले गरेकी हुन् । प्रेमिल भाव बोकेको यस गीत र भिडियोले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षले लिएको छ ।