काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत जान लागेका छन् । उनी ३ दिने भ्रमणका लागि आज भारत जाने भएका हुन् ।
उनकाे सचिवालयले जारी गरेकाे विज्ञप्तिमा भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्ने र यो उनको निजी भ्रमण रहेको उल्लेख छ ।