काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।
बुधबार यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ सेल्सियस थियो । यस हिसाबले आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम घटेको हो ।
यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो । आजको पनि वास्तविक न्यूनतम तापक्रम सोही समयमा पुन: मापन गरिनेछ ।