लुम्बिनी । बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बौद्ध धर्मको प्रचारप्रसार तथा गायनमार्फत परिचित आनी छोइङ डोल्माले अब लुम्बिनी विकास कोषको उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछिन् ।