काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को २ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २३.९ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन र भदौमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिकमा ३ खर्ब ५२ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।