सिन्धुपाल्चोक । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वृक्षारोपण कार्यक्रम गरेको छ।
बुधबार असोज २८ गते जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोपिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममार्फत वातावरण संरक्षणमा आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।