काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार साँझ भारतको भ्रमण सकेर फर्किएका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका थिए ।
सो क्रममा उनले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।