काठमाडौँ । गृह मन्त्रालयले २३ जना उपसचिवको सरूवा गरेसँगै ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । तेह्रथुम, बाजुरा, मुस्ताङ, अछाम, रोल्पाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । मन्त्रालयले १४ असोजमा २३ जना उपसचिवको सरुवा गरेको हो ।
उपसचिव अशोक लम्साल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा, मुक्तिराम रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बाजुराको प्रमुख जिल्ला अधिकारीमा, परशुराम पोखरेललाई गृह मन्त्रालयबाट मुस्ताङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै, अध्यागमन विभागमा निर्देशक रहेका टिकाराम ढकाललाई अछामको प्रमुख जिल्ला अधिकारीमा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका उपसचिव सुरेश सुनारलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
_page-0001.jpg)