काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपतिको कार्यालयबाट कृष्णबहादुर शाही तथा अर्थ मन्त्रालयबाट विष्णुप्रसाद ज्ञवाली लाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। यस्तै, गृह मन्त्रालयमा रहेका आनन्द सारु र मेखबहादुर मंग्राती लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने सुरेन्द्र पौड्याल लाई राष्ट्रिय समावेशी आयोगको सचिव पदमा खटाइएको छ।
अर्थ मन्त्रालयका सहसचिव रामकृष्ण पुडासैनी लाई घोराही उपमहानगरपालिका, दाङको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। उद्योग मन्त्रालयका रामबन्धु सुवेदी लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र युवराज अधिकारी लाई राष्ट्रिय मुस्लिम आयोगको सचिवमा लगिएको छ।
मधेस प्रदेशका प्रदेश सचिव होमनाथ पौडेल लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ भने सूचना तथा सञ्चार मन्त्रालयका उदयबहादुर रानामगर लाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। धरान र घोराही उपमहानगरमा नयाँ नेतृत्वस्थानीय तहको नेतृत्व सुदृढ गर्ने उद्देश्यले दुई महत्वपूर्ण उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ:
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा. पुष्पराज शाही लाई धरानको नयाँ प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ। धरानमा कार्यरत तिर्थराज राई लाई आदिवासी जनजाति आयोगको सचिवमा सरुवा गरिएको छ।
अर्थ मन्त्रालयका रामकृष्ण पुडासैनी ले अब घोराही उपमहानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।
भुपेन्द्र थापा: लगानी बोर्डको कार्यालय । वेदप्रसाद खरेल: राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय । चिरञ्जीवी पौडेल: राष्ट्रिय दलित आयोग (सचिव)मा जिम्मेवारी तोकिएको छ ।
सरुवा हुने सहसचिवहरूको विवरण यस्तो रहेको छ-
