काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । ८६ वर्षको उमेरमा बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति विवेक बरालका अनुसार शर्माको बुधबार साँझ ६ः५० बजे निधन भएको हो । केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत उनको निधन भएको विश्वविद्यालयले जनाएको छ ।