काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ९७ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। उनले प्रस्तुत गरेको प्रतिवेदन केन्द्रीय सदस्यलाई अध्ययनका लागि दिइएको छ। त्यसपछि केन्द्रीय सदस्यले बैठकमा आफ्नो धारणा राख्नेछन्।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको संक्षेपिकरण गरेर एमालेले प्रतिवेदन सार्वजनिक गरेको छ। यसमा ६७ पृष्ठ रहेका छन्।
राजनीतिक प्रतिवेदन लिंकमा छ - https://nepalkhabar.prixacdn.net/media/pdf_upload/oli-report.pdf