काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाएका छन् । जारी केन्द्रीय कमिटीको बैठकलाई पत्र लेख्दै पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक बिदाइको विकल्प नभएको बताएका छन् ।
पोखरेल श्रीमतीको उपचारको लागि भारतमा छन् । पोखरेलले भनेका छन्, ‘…आजको जटिलतर बन्दै गएको अवस्थामा पुनर्गठन नगरी आम पार्टी पङ्क्ति र आम जनतामा समेत आशा जगाउन सकिन्न, अगाडि बढ्न सकिन्न ! यसका लागि देशभरिका आम कार्यकर्ताहरूको चाहना र माग बमोजिम तपाईँको सम्मानजनक मार्ग प्रशस्त विशेष महत्त्वपूर्ण हुनेछ ।’
यतिबेला ओलीले सम्मान साथ विदाइ र विधिसम्मत नयाँ नेतृत्वमा जानु भन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उनको भनाइ छ।
https://drive.google.com/file/d/1BwuMnLigYxw6oxEtdEwJWZRMgYysWdrQ/view