काठमाडौँ । चर्चित गायिका विष्णु माझीले गाएको तीज गीतको भिडिओ सार्वजनिक गरिएको छ । यसपटकको तीजका लागि उनको स्वरमा 'घरबार' बोलको गीत आएको हो । गीत विष्णु माझीको चर्चित तीज गीत एल्बम 'पुतलीको भट्टी' भाग २२ का रूपमा आएको हो।
यस गीतमा पनि सधैँझै महिलाको विवाहित महिलाको पीडा र वेदना प्रस्तुत गरिएको छ । गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको रचना तथा संगीत छ ।
गीतको भिडिओमा भने सुन्दरमणीसहित ललिता पौडेलको अभिनय देख्न सकिन्छ । सुन्दरमणिकै निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर मौसम हिमाली हुन् ।
गीत सार्वजनिक भएलगत्तै कतिपय दर्शकले त 'अब बल्ल तीज आयो' भन्न थालेका छन् ।
युट्युबमा पनि गीतले राम्रो भ्युज पाइरहेको छ।