काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ४, चण्डोलस्थित विशाल मिलन केन्द्रमा बृहत रक्तदान, नि:शुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । शनिबार बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेकाे छन् ।
लायन्स क्लब अफ काठमाडौँ सिर्जनशीलको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संस्थाहरूको संयुक्त सहभागिता रहेको थियो ।
बृहत रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ मेलभिन जोन्स, लायन्स क्लब अफ काठमाडौँ डायबेटिक हेल्थ केयर, लायन्स क्लब अफ काठमाडौँ क्रिएटिभ भिजन (९८८४५), लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वर (६००६४), लायन्स क्लब अफ काठमाडौँ मनहरा (१४८५६६), लायन्स क्लब अफ काठमाडौँ पिस एण्ड एजुकेशन (१५११३४) काे संयुक्त सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कान्तिपुर ब्लड ट्रान्सफ्युजन सेन्टर (तीनकुने, काठमाडौँ) र लायन्स हेल्थ केयर एण्ड प्याथ ल्याब (नारायणटार) ले प्राविधिक सहयोग पुर्याएका थिए ।
स्थानीय सर्वसाधारण, युवा तथा रक्तदाताहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा धेरै व्यक्तिहरूले रक्तदान गर्नुका साथै नि:शुल्क मधुमेह तथा स्वास्थ्य परीक्षणको सुविधा लिएका छन् । समाजमा स्वास्थ्य सचेतना फैलाउन र आपतकालीन स्वास्थ्य सेवामा रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएका छन् ।