राइड सेयरिङको काम गर्दै आएका एक युवक चोरीको स्कुटरसहित काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ७ घर भइ नयाँ बसपार्कमा रहेको एक होटेलमा बस्दै आएका ३९ वर्षीय सरोज खनाल रहेका प्रहरीले जनाएको छ । घटना विवरणअनुसार काठमाडौँको नक्सालबाट भक्तपुर दरबार स्क्वाएरसम्म जाने क्रममा एक यात्रुले ल्यापटपको झोला स्कुटिमै बिर्सेपछि ती चालक सम्पर्कविहिन भएका थिए ।
पछि पीडितको आग्रहअनुसार ट्राफिक प्रहरीले खोज तलासको क्रममा खनाललाई स्कुटरसहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निजले तेस्रो व्यक्तिको राइड सेयरिङ आईडी प्रयोग गरेर राइड सेयरिङको काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।