— श्यामकृष्ण लम्साल
विश्वास भत्किएपछि
अपनत्व पराई भएपछि
आँशुको भेलले
आफैँले आफैँलाई
स्नान गराउनु परेपछि
इतिहास, परम्परा, मूल्य–मान्यता
अक्करको भीरमा गुडुल्किएर
सनसनेको घुमाउनेमा
अलपत्र पर्दोरहेछ
चाहे चण्डीकाको सभ्यता
चाहे तीर्थताको थिति
सयौँ राधाहरु गुमाउनु परेपनि
विश्वास भत्किएर
अपनत्व भत्किएर
अपनत्व नै भन्ने नरहेपछि
अपनत्वको बाँध फुटेर
द्रब्यता नै प्रबल बनेपछि
इतिहास इतिहासमै हराउँदोरहेछ
मानवताको इतिहास
द्रब्यपिसाचहरुको खल्तीमा
सर्वस्व बनेर कैद हुँदोरहेछ ।
दिङ्ला, भोजपुर