काठमाडौँ । काठमाडौँको शङ्खरापुुर नगरपालिकाका प्रमुख रमेश नापितको दैनिकी सधै सेवाग्राहीसँगै बित्छ । विहानदेखि साँझसम्म उनि सधै आफ्नै टोल, समाज, वस्ती र नगरपालिकाका विभिन्न क्षेत्रमा रहेका सेवाग्राही र नागरिकसँग बिताउने गर्छन् ।
कार्यालय समयमा अहिलेसम्म कुुनै पनि सेवाग्राहीले नगर प्रमुुख भेटिएन भन्ने गुुनासो गर्नुु परेको छैन् । २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुुख पदमा निर्वाचित हुुनुुुभएका नापित ७५३ वटै स्थानीय तहका पदाधिकारीमध्ये समयपालक, सेवाग्राहीमैत्री कार्यकक्षमै भेटिने जनप्रतिनिधिमा पर्छन् ।
हरेक दिन नगरपालिकाका शाखाले गरेका कामको रिपोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने र प्रमुख प्रशासकीय अधिकृतले कार्यालय समय सकिएपछि ५ बजे पछि नगरप्रमुखलाई कामको रिपोटिङ गर्ने गरिएको छ ।
नगरप्रमुखको दैनिक कार्यकक्षमा उपस्थिति हुुने बानीले गर्दा नगरपालिकाका कर्मचारी पनि सधै सर्तक भएर सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरेका छन् । नगरप्रमुख नापितले भन्नुुभयो, “मेरो प्रमुख उद्देश्य सेवाग्राहीलाई सेवा दिने क्रममा भएका समस्यालाई सहजता प्रदान गर्दै हरेक समस्याको बारेमा डटेर समाधान गर्ने हो । कहिलेकाँही आइपर्ने अत्यावश्यक काम बाहेक म सधै कार्यकक्षमै भेटिन्छुु ।”
उनले कर्मचारीहरुको बैठकमा नै तपाँइहरु काम नबिराउनुु र कसैसँग नडराउनुु भनेर निर्देशन दिने गरेका छन् । सेवा प्रवाह गर्ने क्रममा विधि र प्रक्रिया पुु¥याएर मात्र काम गर्नुु र कसैसँग पनि लोभलालचा नदेखाउनुु भन्ने उनको कर्मचारीलाई निर्देशन हुुने गरेको छ ।
नापितको त्यही स्वभाव भएकै कारणले नगरपालिकामा कर्मचारीहरु पनि निर्धक्क भएर काममा सक्रिय हुुने गरेका छन् । कर्मचारी संयन्त्रबाट समाधान गर्न सकिने समस्या त्यहीबाट समाधान गराउने अन्यथा नगर प्रमुखको कार्यकक्षमा सेवाग्राहीलाई पठाउने गरिएको छ । नगरप्रमुखको कार्यकक्षमा पुुगेका हरेक सेवाग्राहीलाई प्रमुख नापितले सहज, सरल, विधि र कानुुनका बारेमा बुुझाएर पठाउने गरिएकाले सेवाग्राही पनि खुुसी भएर फर्कने गरेका छन् । .jpg)
साँझ र विहान पनि उहाँ सधै नगरबासीलाई नै समय दिने गर्नुुभएको छ । समयसमयमा विभिन्न टोल र वस्तीमा भएका विकास निर्माण, योजना कार्यान्वयन र नगरबासीको गुनासो सुुनुुवाइ गर्ने उनको बानी नै छ ।
अन्य स्थानीय तहमा भने सेवाग्राहीले नगरप्रमुख समयमा नै नभेटिँदा आफ्ना गुनासा र समस्या स्पष्टसँग राख्न पाउँदैनन् । शङ्खरापुुर नगरपालिकाका नगर प्रमुख नापितको यही स्वभाव र बानी अन्य स्थानीय तहका लागि पनि असल अभ्यासको रूपमा उपयोग गर्न सके देशभरका स्थानीय तहका नागरिकले आफूूले खोजेकै बेलामा जनप्रतिनिधिलाई भेटेर गुनासो राख्न पाउँथे ।