काठमाडौँ । महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ । उक्त कार्यक्रममा स्थानीय तहबाट प्राप्त १ सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिनेछ ।
प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए ।
निर्णायक मण्डलका सदस्य अष्टलक्ष्मी शाक्य (राजनीतिक क्षेत्र), सरु जोशी (सामाजिक क्षेत्र), र चारु चङ्गा (मिडिया क्षेत्र) ले हरेक प्रदेशबाट उत्कृष्ट प्रतिनिधि चयन गरेका छन् ।
जनमतका लागि कोशी प्रदेशबाट ४ मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट तीन जना प्रतिनिधि छनोटमा परेका छन् ।
कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने महिलालाई विशेष सम्मान गरिने छ ।
आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीको प्रदर्शनी, सूचना केन्द्र र स्टल रहने आयोजकले जनाएको छ । कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ ।
महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवर्द्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।
यी हुन् सि लिड्समा छानिएका देशभरका प्रमुख तथा उपप्रमुख महिला जनप्रतिनिधिहरुः
१. विमला कुमारी शाही, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका, अछाम, सुदूरपश्चिम प्रदेश
२. सीता थापा उपाध्यक्ष गौमुल गाउँपालिका ,बाजुरा ,सुदूरपश्चिम प्रदेश
३. धाना धामी उपाध्यक्ष सिगास गाउँपालिका ,बैतडी, सुदूरपश्चिम प्रदेश
४. सरस्वती दर्लामी चिदी अध्यक्ष बगनासकाली गाउँपालिका, पाल्पा, लुम्बिनी प्रदेश
५. विमला अर्याल प्रमुख सुनवल नगरपालिका ,नवलपरासी, लुम्बिनी प्रदेश
६. स्व भुपेन्द्रा बुढा उपाध्यक्ष पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, लुम्बिनी प्रदेश
७. सीता गिरी उपाध्यक्ष धुर्कोट गाउँपालिका ,गुल्मी ,लुम्बिनी प्रदेश
८ं.सरिता खड्का उपाध्यक्ष मदाने गाउँपालिका ,गुल्मी, लुम्बिनी प्रदेश
९. सावित्रा देवी अर्याल उपप्रमुख बुटवल उप(महानगरपालिका, रुपन्देही, लुम्बिनी प्रदेश
१०. गीता आचार्य उपप्रमुख रोल्पा नगरपालिका ,रोल्पा, लुम्बिनी प्रदेश
११ं. ममता महतो उपाध्यक्ष पटेर्वा सुगौली गाउँपालिका,पर्सा, मधेश प्रदेश
१२. फुल कुमारी सिंह उपाध्यक्ष बटेश्वर गाउँपालिका ,धनुषा ,मधेश प्रदेश
१३ं सविता अर्याल उपाध्यक्ष सिद्धलेक गाउँपालिका ,धादिङ, बागमती प्रदेश
१४ं. बाल कुमारी कार्की थापा उपप्रमुख रामेछाप नगरपालिका,रामेछाप, बागमती प्रदेश
१५. तारा राना तिमल्सिना उपाध्यक्ष बेथानचोक गाउँपालिका,काभ्रेपलाञ्चोक, बागमती प्रदेश
१६. विमला सापकोटा (दाहाल) उपप्रमुख बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक, बागमती प्रदेश
१७. गण्डकी थापा अधिकारी अध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ, गण्डकी प्रदेश
१८. दिवा कुमारी तिलिजा पुन उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका , म्याग्दी, गण्डकी प्रदेश
१९. रीता देवकोटा उपाध्यक्ष सिरानचोक गाउँपालिका ,गोरखा, गण्डकी प्रदेश
२०. गीता देवी तिम्सिना गौतम उपाध्यक्ष मेन्छयायेम गाउँपालिका, तेह्रथुम, कोशी प्रदेश
२१. मीना कुमारी खतिवडा पौडेल उपप्रमुख उर्लाबारी नगरपालिका, मोरङ, कोशी प्रदेश
२२. आशा शिवाकोटी उपप्रमुख कनकाई नगरपालिका, झापा, कोशी प्रदेश
२३. रेगीना भट्टराई प्रसाई उपप्रमुख दमक नगरपालिका ,झापा कोशी प्रदेश
२४. अल्किना बम उपाध्यक्ष पचालझरना गाउँपालिका, कालिकोट, कर्णाली प्रदेश
२५. सनसिल्ता वली डिसी उपाध्यक्ष कालिमाटी गाउँपालिका, सल्यान, कर्णाली प्रदेश
२६. तप्ता थापा, उपप्रमुख नारायण नगरपालिका दैलेख, कर्णाली प्रदेश
२७. मञ्जुकुमारी शर्मा पाण्डे, उपाध्यक्ष महाबु गाउँपालिका दैलेख कर्णाली प्रदेश ।