काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । शनिबार दशौँ केन्द्रीय अधिवेशनमा भएको मदतानमा जीवन पराजुलीलाई पराजित गर्दै बलामी अध्यक्षमा दोहोरिएका हुन् । जम्मा १४० मत खस्दा बलामीले ९५ र पराजुलीले ४२ मत प्राप्त गरे । बलामी अघिल्लो कार्यकालका अध्यक्षसमेत हुन् ।
त्यस्तै, महासचिवमा गोपीकृष्ण चापागाईं र सचिवमा मदन रिजाल निर्वाचित भए । महिला उपाध्यक्षमा दीपज्योति थापा, संगठन उपाध्यक्षमा रघुनाथ सापकोटा निर्वाचित भए । कार्यक्रम उपाध्यक्षको पदनमा कुमार आचार्य निर्विरोध चयन भए । कोषाध्यक्षमा मनिस दाहाल र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।