नेकपा एमालेका सांसद क्षितिज थेबेले पार्टी अध्यक्ष केपी ओलीलाई पक्राउ गरेको बिर्सिएर प्रधानमन्त्री बालेन शाहको एक्लोपनमा साथ दिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको सँग एक्लै लडिरहेको ? भन्दै प्रश्न गरे।
उनले भने, ‘प्रधानमन्त्रीको सामाजिक सञ्जाल फेसबुक स्टाटास पढेको थिएँ। जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्रिपरिषद् र उहाँको सिङ्गो सचिवालयमा पनि उहाँ एक्लो हुनुभएको पाएँ। प्रधानमन्त्री नियुक्ति भएको पहिलो निर्णयबाट नेकपा एमालेका अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधकै आधारमा गैरकानूनी नियन्त्रण लिएको कुरामा बिर्सिएर प्रधानमन्त्रीज्यूको एक्लोपनको साथ दिन चाहन्छु ।’
उनले आफ्नो साथका व्यक्तिका लागि नभई देश र जनताको केही शर्तको लागि भएको बताए ।
उनले भने, ‘यसअघि नै मैले सदनमा उठाइसकेको विषय हो, प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्छ। नेपालले भारतको कुनै पनि भूभाग कहिल्यै पनि मिचिएको छैन। यो विषय राष्ट्रिय अस्मितामा चोट लाग्ने विषय हो, प्रधानमन्त्रीले न आजसम्म सच्याउनुभयो, न त आजसम्म जनतासँग माफी माग्नुभएको छ।’