काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षक र स्वास्थ्य सेवाको तलब पनि बढ्यो
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा माध्यमिक तह (प्रथम श्रेणी) को तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।