काठमाडौँ । सरकारले ३ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरिएको हो । जसअनुसार पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरकारले सरुवा गरेको हो ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरबाट बिदा भएका थिए ।
यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिव महेश चन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार केसीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।