काठमाडौं । सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको लगायत विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१. देहायका विधेयकहरू सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय
- संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
- खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
- संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
- राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।
- मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक।
- बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक।
- आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
- मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।
- कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।
२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय ।
३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा टेकराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय ।
४. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय ।