प्रहरी प्रधान कार्यालयले पर्साको एसपी सरुवा गरेको छ । हाल कार्यरत रहेका सुदीप पाठकलाई हटाएर पवनकुमार भट्टराईलाई खटाइको छ। भट्टराई जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए । त्यस्तै, एसपी दानबहादुर थापालाई काठमाडौं परिसरमा खटाइएको छ । नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनापछि एसपीको सरुवा भएको हो ।