कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज)बीच सहकार्य सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।
यस सहकार्यपछि बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्ग एप मार्फत नै अन्तर्राष्ट्रिय डेटा ईसीम प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् ।