काठमाडौँ । गायक भक्त बिसी र गायिका पूर्णिमा विश्वकर्माको स्वरमा रहेको गीत ‘बाचा बन्धन’ सार्वजनिक भएको छ । कोहलपुर मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार गीत सार्वजनिक गरिएको हो । गीतमा प्रेम र वियोगको कथावस्तु छ । गीतको शब्द तथा सङ्गीत पदमराज विश्वकर्माले तयार पारेका हुन् भने सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् ।
गीतको भिडिओमा कलाकारहरू ईश्वर रिजाल, सगुन शाही र जिडी लम्सालको अभिनय छ । कुन्दन चन्दको निर्देशनमा तयार भएको भिडिओको छायाङ्कन र सम्पादन पनि चन्दले नै गरेका हुन् ।भिडियोलाई आकर्षक बनाउन शृङ्गारमा सगुन बस्यालले साथ दिएकी छिन्। सीता खड्का निर्माता रहेको भिडियो निर्माण युनिटले दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा राखेको मोडेल ईश्वर रिजालले बताए ।