काठमाडौँ । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ। व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
व्यवसायी राउतको शरीरमा ६० प्रतिशत जलन भएको थियो । शनिबार बिहान काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्याएको थियो ।