भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुुण्डूूलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुुक्रबार गुण्डूूमा आयोजित भव्यसमारोहकाबीच ७ नं. वडालाई बालमैत्री स्थानीय शासनसुुक्त वडा घोषणा गरिएको हो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि ७ नं. वडाध्यक्ष रबिन्द्र सापकोटालाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान आजबाट सुरु गरेको नगर प्रमुख थापाले बताए ।
यही साताभित्र नगरपालिकाको १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पुरा गर्ने बताउदै उहाँले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरि ५१ सूचक पुरा गर्न सफल भएको बताउनुभयो । उनले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न गरि वामती प्रदेशको अनुगमन एवं निरिक्षण सम्पन्न गरेपछि आउँदो भदौ भित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने बताए ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिकादेखि महिला मैत्री, युवा मैत्री रुपमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अब बालमैत्री स्थानीय शासनयुक्त वडा र नगरपालिका घोषणा कार्यक्रममा आइपुगेको बताए ।नगरपालिकाका प्रवक्ता एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आज वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको बताउदै बालबालिकाको बिभिन्न प्रस्तुतीहरु समेत सम्पन्न भएको बताए ।
घोषणा गर्नका लागि पुरा गर्नुपर्ने सूचकहरुमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्राबधान सबै वडाले पुरा गरेको उनले बताए ।
बाल बचाउ शिर्षकमा पुरा गर्नु पर्ने १४ वटा सूचकहरु जस्तै गर्भवती महिलाले सातपटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, टिटानस विरुद्धको खोप र आइरन चक्की खाएको हुनुपर्ने.दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने, बालबालिकालाइ पर्ण खाप लगाको हुनुपर्ने सूचक समेत पुरा गरेको उनले बताए ।
बाल संरक्षणका १० वटा सूचकहरु बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रम मुक्त वडा हुनुपर्ने.बालबालिका विरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएकोहुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्ने व्यबस्था पुरा गरेको प्रवक्ता समेत रहेको सापकोटाले बताए ।
बाल विकासकाबारेमा ६ वटा सूचकहरु जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिक मैत्री (छात्राका लागि छुट्टै) शौचालय र स्वच्छ खानेपानीको व्यबस्था हुनुपर्ने, टोल, विद्यालय र वडा स्तरमा बाल क्लब तथा बाल सञ्जालहरू गठन भई सक्रिय हुनुपर्ने .स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यबस्था समेत सबै वडाले पुरा गरेको उनले बताए ।
बालबालिकाका क्षेत्रमा लक्षित बजेट व्यबस्था हुनुपर्ने, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री हुनुपर्ने, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीलगायतले नगरपालिकाले सरकारको अभियानलाई पुरा गरेको बताए ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सन्जाल नगर बाल सन्जाल, बिद्यालयहरु, स्वास्थ संस्था स्वयंसेबिकाहरु, खानेपानी समिति, रेडक्रस, सहकारी संस्थाहरु, साँस्कृतिक समुहहरुहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बालबालिकाले आफ्ना रचनाहरु प्रस्तुत गर्नुका साथै बाल नाटक र बिभिन्न साँस्कृतिक प्रस्तुतीले कार्यक्रमहरुलाई रोचक बनाएको थियो । कार्यक्रम उद्घाटन अगाडि गुण्डुको बिभिन्न चोकबाट सुरु भएको बाजागाजा, झाकीसहितको करिब एक हजार जना सहभागि र्याली कार्यक्रम स्थल पुगेको थियो ।
सूचकहरुमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यवनायकका १० वटा वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरेको हो । सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिका रु. ७० लाख गरि कूल एक करोड ७० लाख बजेटको व्यबस्था गरि घोषणा अभियान सुरु गरेको हो ।