काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह एच को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान मेक्सिकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो ।
स्पेनका लागि आलेक्स बाएनाले गोल गरेका थिए । उनले खेलको ४२औँ मिनेटमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।
स्पेनले समूह चरणका तीनमध्ये दुईमा जित र एकमा बराबरी खेल्दै ७ अंक जोडेको छ । यसअघि दुई खेलमा बराबरी खेलेको पाराग्वे दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।