काठमाडौँ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। तर बैठकका निर्णयहरू सार्वजनिक भएन । स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको भए पनि त्यसलाई अर्को बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति गरिएको छ।
यस पटकको बैठकमा मन्त्रीहरूको उपस्थिति न्यून रहेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा चलिरहेकाले धेरैजसो मन्त्रीहरू त्यही कार्यक्रममा सहभागी भएका कारण बैठकमा उपस्थिति कमजोर भएको बुझिएको छ।
सामान्यतः मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरिने परम्परा भए पनि यस पटक भने औपचारिक जानकारी नदिइएको र बैठकको तस्बिरसमेत सार्वजनिक गरिएको थिएन ।