काठमाडौं । कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट धमाधम कार्यान्वयन गरिरहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि गत असारमा सम्पन्न नगरसभाले निर्णय गरेका वार्षिक नीति, योजना र बजेट अहिले धमाधम कार्यान्वयन भइरहेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षा स्वास्थ्य, पर्यटन प्रबद्र्धन, कृषि उत्पादन बृद्धि, स्थानीय नागरिकलाई सीपमूलक तालिम, सेवा प्रवाहमा प्रबद्र्धन लगायतका काम भइरहेको नगरपालिका प्रमुख राजकुमार नकर्मीले जानकारी दिए ।
उनले भने, ‘चालु आर्थिक वर्षका लागि विनियोजित सबैजसो योजना अहिले सम्पन्नको चरणमा पुगेका छन्, बाँकी केही योजना पनि केही दिनभित्रै सम्पन्न हुँदैछन् ।’ नगरपालिकाले चालु आर्थिक वर्षका लागि नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन गरेको थियो ।