भक्तपुुर । मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा बोदे ख्योचास्थित बहुउद्देश्यीय सामुदायिक भवनमा सञ्चालन गरिएको एक हप्ते महिला उद्घोषण तालिम सम्पन्न भएको छ ।
निलबाराही सुन्दरनगर टोल विकास संस्था, कुनिश्चा बोदेको आयोजनामा २०८३ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म सञ्चालन भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भएको हो। तालिममा बोदे क्षेत्रका २० जना महिलाको सक्रिय सहभागिता रहेको थियो ।
सञ्चारकर्मी नबिना श्रेष्ठ को प्रमुख प्रशिक्षणमा सञ्चालित तालिमको समापन कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ ले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेकि थिइन ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले वडा कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी योजनाअन्तर्गत ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
कार्यक्रममा तालिम संयोजक विष्णु बाराकोटी ले संस्थामा आबद्ध महिलाहरूको मागअनुसार उद्घोषण तालिम सञ्चालन गरिएको बताए ।
प्रशिक्षार्थी वर्षा गिरीले व्यक्तित्व तथा नेतृत्व विकासका लागि बोल्ने कलासम्बन्धी तालिम अत्यन्त उपयोगी भएको बताइन्। अर्की प्रशिक्षार्थी रसिला अवालले महिलाहरू चुलोचौकामा मात्र सीमित नभई आवश्यक सीप र क्षमता भएमा हरेक क्षेत्रमा सफल हुन सक्ने धारणा व्यक्त गरिन् ।
तालिम समापनका अवसरमा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली ले महिलामाथि हुन सक्ने विभिन्न प्रकारका हिंसाबाट जोगिने उपायबारे जानकारी दिनुभएको थियो ।
टोल विकास संस्थाका उपाध्यक्ष गोविन्द बहादुर राउत को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहभागी प्रशिक्षार्थी दमुना बुढाथोकी ले गरेकि थिइन ।