बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-१३ मा कार र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बा.१३च ८२५३ नम्बरको कार र मे.१ ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरका अनुसार दुर्घटनामा सख्त घाइते भएकी डाक्टर सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइलो भाइबुहारी हुन् ।
सन्जुका पति प्रा.डा डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन्। बसमा सवार ६ यात्रु सामान्य घाइते रहेको राठोरको भनाइ छ।