काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले खेलको बाँकी समय आफ्नो रक्षापंक्तिलाई बलियो राख्दै सोही अग्रतालाई जोगाउन सफल भएको हो ।
खेलमा विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरेपछि ब्राजिलले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको हो ।
खेलको सातौँ मिनेटमै स्टार स्ट्राइकर विनीसियस जुनियरले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । आक्रामक खेल पस्किएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समय मा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६० मिनेटमा माथिअस कुन्हाले गोल गर्दै ३–० को अग्रता दिलाएका हुन् । त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन् । समूह सीबाट ब्राजिल र मोरक्को अन्तिम ३२ मा पुगेका छन्।
यो पराजयसँगै स्कटल्यान्डको अर्को चरण (अन्तिम ३२) मा पुग्ने समीकरण निकै कठिन बनेको छ ।