भक्तपुुर । मध्यपुुर थिमी नगरपालिकाले वडा नंं ६ स्थित बाखा बजारमा महादेव मन्दिर परिसरमा मन्दिरसँगै दबुु निर्माण सम्पन्न गरेको छ । मन्दिरमा आउने भक्तजनलाई धार्मिक कार्यका साथै धार्मिक पर्यटकलाई मन्दिर परिसरमा बसेर अवलोकन गर्नका लािग उक्त दबुु निर्माण गरिएको मध्यपुुर थिमी नगरपालिकाले जनाएको छ । 
नगरपालिका वडा नं. ६ को वडास्तरीय बजेट बाट निर्माण गरिएको उक्त दबुु निर्माण सम्पन्न भएको छ । मठ मन्दिर परिसरमा दबुु निर्माण भएसँगै वडा कार्यालयले उक्त दबुुबको अनुुगमन गरेको हो ।
धार्मिक मठ मन्दिर परिसरमा यस्तो दबुु निर्माण गर्ने प्रचलन लिच्छविकालदेखि नै चल्दै आएको थियो । उक्त लिच्छविकाल देखि चल्दै आएको दबुुलाई मध्यपुुर थिमी नगरपालिकाले निरन्तरता दिँदै दबुु निर्माण गरेको हो । 
स्थानीय तहको निर्वाचनपछि मध्यपुर थिमी नगरपालिकाले साँस्कृतिक सम्पदा पुुननिर्माण तथा नवनिर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । हरेक वडा तथा टोलहरुमा मठ मन्दिर र सम्पदा पुुनःनिर्माण गर्ने कार्य सम्पन्न भएको मध्यपुुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।