पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेकाे छ ।फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ काे खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो । ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औं र ३६ औँ मिनेटमा तथा भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।
यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।