भक्तपुुर । मध्यपुुर थिमी नगरपालिका साँस्कृतिक र सम्पदाको धनी सहर हो । यहाँका कला, सँस्कृति र सम्पदाले लिच्छिविकालदेखि हालसम्मका अवस्थालाई दर्शाउँछन् । राष्ट्रिय विभूति शंखद्यर पार्कदेखि बालकुमारी मन्दिर, दुई पोखरी मात्र होइन यतिबेला व्यक्तिगत सम्पति कतिपय सम्पदालाई जिवन्त बनाइएको छन् । खासा गरी २०७४ र २०७९ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि यहाँको सम्पदा र सँस्कृति र र पुुरातात्विक महत्वका वस्तुुहरुको संरक्षण र सम्बद्र्धन भएका हुन् । निर्वाचित जनप्रतिनिधिको पहल र प्रयासले गर्दा अहिले मध्यपुुर थिमीका कला र सँस्कृतिक नयाँ मात्र बनेका छैनन् । पुुरातात्विक महत्वलाई जिवन्त बनाएका छन् ।
यही सम्पदाको नयाँ सहर निर्माण भएपछि पछिल्लो समय सम्पदा अवलोकन गर्न मध्यपुुर थिमी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । नगरपालिकाले हरेक वर्ष यहाँको सम्पदा संरक्षण गर्न वार्षिक रुपमा नीति, कार्यक्रम र बजेट निर्माण गर्दै आएको छ । कतिपय सम्पदाको पुुननिर्माण र नवनिर्माणका लागि त संघीय र प्रदेश सरकारले समेत बजेट विनियोजन गरी मध्यपुुर थिमीको पहिचानलाई उजागर गराउन सहयोग पुु¥याएको मध्यपुुर थिमी नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ साविकमा भग्नावशेषमा परिणत भएका कतिपय मठ मन्दिर, पाटी, सत्तल, पौवा अहिले पुुनःनिर्माण र नवनिर्माण भइसकेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “भग्नावशेषमा परिणत भएका मन्दिर, पार्टी, धारा, खेल मैदान बनिसकेको छ । यसले मध्यपुर थिमीलाई सम्पदा र साँस्कृतिको नयाँ सहरको रुपमा चिनाएको छ ।” 
नगरप्रमुख श्रेष्ठका अनुसार अस्तित्वविहिन अवस्थामा पुगेका सम्पदाहरुलाई जोगाउदैं अन्य भग्नावशेष भएकालाई पूनर्निर्माण गर्ने काम यस अगाडि नै सम्पन्न भइसकेको छ । शंखधर पार्क, बालकुमारी मन्दिर, बिष्णुकुण्ड, दुई पोखरी, जीवित संग्राहलय निर्माण, सिद्धीकाली मन्दिर, बौद्ध विहारलगायतको निर्माण भइसकेका छन् । नगरपालिकाले सांस्कृतिक गुरुयोजना नै बनाएर कार्य गरिरहेकोले बर्षौदेखि जीर्ण बनेका, झाडीले छोपिएर हराउन लागेका, अतिक्रमणमा परेका सम्पदाहरु जीवित हुन थालेका छन । फोहर फाल्ने स्थानहरु पार्कमा परिणत भएका छन् भने खेल मैदान बनेका पोखरीमा पानी जम्न थालेका छन् ।
जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व थालेपछि मध्यपुर थिमि नगरको ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाहरु मौलिक शैली बन्ने क्रम तीव्र बन्दै गएको छ । श्रेष्ठले नगरभित्रका मुर्त र अमुर्त सम्पदाको संरक्षणका लागि नगरपालिकाले सांस्कृतिक संरक्षणमा नगरपालिकाले हरेक वर्ष काम गर्दै आएको बताउँदै आउनुुभएको छ ।