नेकपा एमालेको दुई दिने कार्यशाला सुरू भएको छ । सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशाला आजदेखि सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यशालाको उद्घाटन गरेका छन्। अध्यक्ष ओली लामो समयपछि आज पार्टी कार्यक्रममा सहभागी भएका हुन् ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि ओली पार्टी कार्यक्रममा सहभागी भएका थिएनन् । बालेन शाह नेतृत्वमा नयाँ सरकार बनेपछि जेनजी आन्दोलन घटनासम्बन्धमा पूर्वप्रधानमन्त्री ओलीलाई नियन्त्रणमा लिइएको थियो । अदालतको आदेशपछि ओली रिहा भएका थिए। यही बेला ओलीको स्वास्थ्य उपचार पनि गरिएको थियो । स्वास्थ्यलाभ गरिरहेका ओली आजदेखि पार्टी कार्यक्रममा सहभागी भएका छन् ।