राष्ट्रपति कार्यालय शीतल निवासबाट भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत २३–२४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको मौका छोपी दाह्रा चोरी गरिएको खुलासा भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बसपार्क र मनमैजु क्षेत्रमा अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाबाट दाह्रासमेत बरामद गरिएको छ ।
प्रहरीका अनुसार चोरीका दाह्रा काटेर भाग लगाई घरमा सजाएर राखिएको पाइएको छ । थप अनुसन्धान भइरहेको छ ।